Sansar News- Online for Global Nepali

नेकपा नामको मुद्दाको सुनुवाई सकियो, फैसला फागुन २० मा आउने

संसार न्यूज़
२ महिना पहिले
नेकपा नामको मुद्दाको सुनुवाई सकियो, फैसला फागुन २० मा आउने

फागुन १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतमा भईरहेको सुनुवाई सकिएको छ । झण्डै तीन वर्ष अगाडि दर्ता गरिएको नेकपा नामसम्बन्धी मुद्दाको सुनुवाई बिहिबार सकिएको हो ।

मुद्दाको फैसला भने सर्वोच्चले आगामी ७ दिनभित्र सुनाउने भएको छ । न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आगामी फागुन २० मा फैसला दिने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को घोषणा गरिएसँगै ऋषिराम कट्टेलले नामको आधिकारिक पक्ष आफुँ भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले २०७५ मंसिर २१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सम्बन्धित समाचार

निरन्तर स्थगनमा पर्दै आएको नेकपा नामको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु

तर, उनले दायर गरेको मुद्दा निरन्तर स्थगनमा पर्दै आएको थियो । उक्त मुद्दामा हालसम्म १२ पटकसम्म पेशी तोक्ने र स्थगन हुने भएको थियो ।

सत्तारुढ नेकपाको विभाजनसँगै आधिकारिकताको विषयमा निर्वाचन आयोगमा सुनुवाई भईरहँदा सर्वोच्चमा ऋषि कट्टेलको मुद्दामाथि अन्तिम सुनुवाई हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ । यसअघि नेकपाकै उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमले एक सार्वजनिक टेलिभिजन कार्यक्रममा मुद्दामाथि निष्पक्ष फैसला भएमा नेकपा नाम ऋषि कट्टेल पक्षको नै हुने बताएका थिए ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…