back

दक्षिण कोरियाद्वारा कोरोनाविरुद्धको खोप सञ्चालन

वि.सं.२०७७ फागुन १४ शुक्रवार

132 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ फागुन, सउल । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको सो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियाली स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइने यहाँको स्वास्थ विभागले जनाएको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई मात्रा दिने तयारी गरेको छ ।

यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि सो खोप प्राप्त गर्नेछन् ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १२:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...