Sansar News- Online for Global Nepali

रविचन्द्र अश्विनले बनाए भारतका लागि टेस्ट क्रिकेटमा नयाँ रेकर्ड

संसार न्यूज़
२ महिना पहिले
रविचन्द्र अश्विनले बनाए भारतका लागि टेस्ट क्रिकेटमा नयाँ रेकर्ड

१४ फागुन, काठमडौँ । इंल्याण्ड विरुद्धको तेस्रो टेस्टमा भारतीय क्रिकेट टिमले १० विकेटले जित हासिल गरेको छ । तेस्रो टेस्ट दुवै टिमका स्पिनरहरु मिलेर २८ विकेट लिएका थिए । भारतीय टिमका स्पिनरले पहिलो र दोस्रो इंनिङ्गसमा १९ विकेट लिएका थिए भने इंल्याण्डका स्पिनरले ९ विकेट लिएका थिए ।

भारतीय टिमका रविचन्द्र अश्विनले तेस्रो टेस्टमा आफ्नो नाममा केही नयाँ रेकर्डहरु बनाएका छन । उनीले इंल्याण्ड विरुद्धको टेस्टमा आफ्नो टेस्ट क्रिकेट करियरको ४०० विकेट लिएका थिए । उनी भारतका लागि टेस्ट क्रिकेट सबै भन्दा छिटो ४०० विकेट लिने खेलाडी बनेका छन । उनले ४०० विकेट मात्र ७७ टेस्टमा पुरा गरेका हुन । भारतका लागि टेस्ट क्रिकेट उनी भन्दा बढि विकेट लिनेमा अनिल कुम्बले, कपिल देव र हरभजन सिंह मात्र रहेका छन ।

त्यसैगरी टेस्ट क्रिकेटको इतिहासमा उनी सबै भन्दा छिटो ४०० विकेट लिने दोस्रो खेलाडी बनेका छन ।

भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने ४ खेलाडी :
अनिल कुम्बले: ६१९ विकेट
कपिल देव: ४१७ विकेट
हरभजन सिंह: ४१७ विकेट
रविचन्द्र अश्विन: ४०० विकेट

टेस्ट क्रिकेटमा सबै भन्दा छिटो ४०० विकेट लिने ४ खेलाडी :
मुथियाह मुरलीधरन: ७२ खेल
रविचन्द्र अश्विन: ७७ खेल
रिचर्ड हडली: ८० खेल
डेल स्टेन: ८० खेल

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…