Sansar News- Online for Global Nepali

तपाई परीक्षाको तयारी गर्दै हुनुहुन्छ ! स्मरणशक्ति बढाउन यी काम गर्नुहोस्

संसार न्यूज़
२ महिना पहिले
तपाई परीक्षाको तयारी गर्दै हुनुहुन्छ ! स्मरणशक्ति बढाउन यी काम गर्नुहोस्

परीक्षाको समय अत्यन्तै महत्वपूर्ण हुन्छ । परीक्षामा राम्रो नम्बर ल्याउनका लागि पढ्नुका साथसाथै खानेकुरा तथा आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन पनि अत्यन्तै जरुरी हुन्छ । साथै परीक्षाका लागि त्यहि अनुसारको रुटिन पनि बनाउनुपर्ने हुन्छ । अनिमात्र राम्रो नतिजा आउछ ।

परीक्षा नजदिक आउदा धेरै मानिसहरु तनावमा हुन्छन् । कसरी परीक्षा दिने होला, राम्रो नम्बर आउला कि नआउँला ? कस्ता प्रश्नहरु आउनेहु्न लगायतका यावत् कुराहरु मनमा खेलिरहँदा एकै ठाउँमा ध्यान केन्द्रित गर्न गाह्रो पनि भइरहेको हुन्छ । त्यसले पनि स्वास्थ्यमा त्यति ध्यान गइरहेको हुँदैन । पोषण विज्ञहरुका अनुसार त्यस्ता केही खाद्य पदार्थहरु पनि छन् जसका कारण सर्तकता, स्मरणशक्ति बढाउने तथा शरीरमा उर्जाको स्तर बढाउन सहयोग गर्दछ ।

आउनुहोस् जानौ के रहेछन् त त्यस्ता खानेकुराहरु
हरियो तरकारी–हरियो तरकारी÷साग–हरियो तरकारी परीक्षाका बेला मात्र नभएर हर समय तथा विद्यार्थी लगायत हरेक क्षेत्रमा कामगर्नेहरु सबैका लागि स्वास्थ्वद्र्धक हुन्छ । यसले स्मरणशक्ति बढाउनका साथै शरिरमा पानीको मात्रा पूरा गर्न पनि सहयोग गर्दछ । हरियो तरकारीमा भरपूर मात्रामा आइरन पाइने हुनाले यसले होमोग्लोबीन बढाउन सहयोग गर्नुका साथै सतर्कता बढ्ने विज्ञहरु बताउँछन् ।

No photo description available.
गुलियो प्रकारका खानेकुरा नखानुहोस्
पोषण विज्ञका अनुसार जब परीक्षा नजदिक आउछ त्यतिबेला गुलियो प्रकारका खाना जसमा चिनीको मात्रा बढी हुन्छ, त्यस्ता खाना कम गर्नु नै राम्रो हुन्छ । जस्तै केक, चक्लेट लगायतका खाद्य पदार्थमा चिनीको मात्रा बढी हुन्छ । यस्ता खानेकुरा खाँदा तपाइको शरिरको केही क्षण उर्जा थपिएको महसुस भएपनि केही समयपछि उर्जा घटाउने गर्दछ । त्यसले तपाईलाई थकाइको महसुस हुनुका साथै सम्झिएको कुरा भुल्ने समस्या अधिक बढ्दछ । चिनी हालेको गुलियो पदार्थ भन्दा पनि समय अनुसारको फलफूलले अत्यन्तै फाइदा गर्दछ ।


भरपूर मात्रामा पानी पिउनुहोस
हरेक व्यक्तिका लागि पानी अत्यावश्यक हुन्छ । सबैका लागि दिनहुँ कम्तिमा पनि २ लिटर पानी जरुरी हुन्छ । अझै परीक्षाको बेलामा त झन यसको महत्व अझ बढी हुन्छ । शरिरमा पानीको मात्रा भरपूर भयो भने यसले टाउको दुख्ने, पेट दुख्ने समस्या कम गर्ने अनावस्यक खानेकुराबाट पनि बच्न सकिन्छ र तपाई आनन्द भएर पढाईमा आफ्नो ध्यान केन्द्रित गर्न सक्नुहुन्छ ।

No photo description available.
खानेकुरामा अधिक मात्रामा प्रोटिन समावेश गर्नुहोस्
प्रोटिन पनि शरिरका लागि अत्यन्तै आवस्यक हुन्छ । शरिरको आन्तरिक कार्यका लागि प्रोटिनको आवस्यक हुन्छ । यसले तपाईको स्मरणशक्ति बढाउन सहयोग गर्दछ । साथै शरीरमा इम्युनिटी पावर बढाउन पनि प्रोटिनको आवस्यकता अधिक रहन्छ । यसले एक ठाउँमा ध्यान केन्द्रीत गर्न सहयोग गर्नुका साथै शरिरमा उर्जा बढाउन पनि सहयोग गर्दछ । हरेक मानिसले आफ्नो तौल अनुसार ०.८ ग्राम प्रोटिन खान जरुरी रहेको पोषणविज्ञ बताउँछन् ।

Sleep easy with Magnesium - Jan de Vries Healthcare
सात-आठ घण्टा सुत्नुहोस्
यदि तपाई ७–८ घण्टा सुत्नुहुन्न भने शरिरमा स्पूmर्ति महसुस हुँदैन । तपाई सात–आठ घण्टा निदाउनु भयो भने लामो समयसम्म तपाईले पढेका कुरा सम्झिरहनका लागि सहयोग गर्दछ । राम्रोसँग निदाउनाले स्मरण क्षमतामा वृद्दि हुन्छ । यी कुरा तपाईको परीक्षाको समयमा महत्वपूर्ण हुन्छन् । तपाई कम समय सुत्दा तपाईलाई थकाइ लागेको तथा तथा चिडचिडापन महसुस हुने र तपाईले पढाइमा ध्यान लगाउन सक्नुहुन्न । त्यसले तपाईको परीक्षामा राम्रो फल आउन सक्तैन ।

No photo description available.

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…