back

पाँच मुक्तक

वि.सं.२०७७ फागुन १५ शनिवार

357 

shares
NTC AD
Global IME AD

१.
हिँउदो होस् बर्खा घाम लाग्नु पर्छ जिन्दगीमा
एक छेउ कुनामा आराम लाग्नु पर्छ जिन्दगीमा
घिसारेर जिन्दगी बनाउँनलाई आफ्नो पहिचान
फालेको ढुङ्गा पनि काम लाग्नु पर्छ जिन्दगीमा ।

२.
विश्वास भन्दा ठूलो कुनै गगन हुँदैन
भरपर्दो मान्छेको जरूरी चुम्बन हुँदैन
अरूथोक नसम्झनोस महाशय ! बलियो
मर्दाको मलामी अरू ठूलो धन हुँदैन ।

३.
अर्जापेर नै हो बुझ्नोस धार बनिन्छ
फलाम पिटेर नै आकार बनिन्छ
जीवन धान्न कँहा सहजिलो छ र
ठोकर खाएर मान्छे समझदार बनिन्छ ।

४.
कहिले आगो कहिले पानी हुनपर्छ
जिन्दगानी कहिले निशानी हुनपर्छ
भरपर्दो हुँदैन जिन्दगानी भनेको
कहिले छाँगो कहिले सिरानी हुनपर्छ ।

५.
आँखालाई बिझाउँने काड़ा कसिङ्गर हुनसक्छ
ध्यान नभड्कियोस लोभ्याउँने अजिङ्गर हुनसक्छ
आफ्नो ख्याल आफ्नै जिम्मेवारी बुझ्नोस् महोदय
कलकलाउँदो जवानी बेर लाग्दैन पतिङ्गर हुनसक्छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०६:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...