Sansar News- Online for Global Nepali

कविता: भेलेन्टाईन डे

निरुबिन्दु, जलढक्का, कालेबुङ्ग
२ महिना पहिले
कविता: भेलेन्टाईन डे

हो,
उसले ’भेलेन्टाईन डे’ को दिन नै
दिएको हो
सौगात ’बिछोड्को’
अपमानको रूमालमा पोको पारेर

दुलो परेको मनको भाँडाबाट
प्रेम,
विश्वास,
सम्बन्ध,
चुहेर भूँईभरी छरिएको थियो

हो,
त्यही दिन प्रपोज गरेको हो
उसले,
भावनात्मक अत्याचारको ’उपहार’
र घृणाको गुलाब
गुच्छा–गुच्छा हातमा बोकेर

उसको घमण्ड
औ मेरो विवशता
दुवै मिलेर खुलेआम
किस–डे मनाएको हो हाँसोको बजार लाएर

त्यसैदिनदेखी हाम्रो फ्रेन्डशिप अमर भएको छ
न त उसले मलाई भूल्न सक्छ
न त म नै उसलाई भूल्न सक्छु

हामी दुरत्वको परिधीभित्र
कल्पनाको मिलनमा छौ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…