अब वैस चढे छ चरा राम्रो लाग्न थाल्यो
कलिलो ओंठमा जुँगा रेखिले ढाक्न थाल्यो ।
चुरा बज्दा तिम्रो हात सुन्दर लाग्छ मलाई
मुसुक्क के हास्यौ यी आँखी त्यता ताक्न थाल्यो ।
जान छ मंदिर मस्जिद गुम्बा चर्ज तिर
पुगेर त्यहाँ आत्मा तिम्रै भलो भाक्न थाल्यो ।
हेरेर हुन्न भर्न पेट अघि सर्न पर्छ
कहिले भन्छौ लैजाउ यो ज्यान थाक्न थाल्यो ।
बाउआमा फकाउ जाउँला अटो चढेर
दिदीले फोन गर्नु भो ऐसेलु पाक्न थाल्यो ।
त्रियुगा नगरपालिका –११, संगमटोल
उदयपुर, १ नम्बर प्रदेश