भन्छन फेरि पनि एम सीसीमा छल फल हुनेछ,
हो त्यही मुद्धामा संसद भित्र अर्को कल हुनेछ ।
जनताले शान्ति सुब्यबस्था रोजेता पनि देश मा,
सधै भरी नै साम्राज्यवादको चहल पहल हुँनेछ ।
दुई तिहाई लाई टुक्रा–टुक्रा पार्न सक्नेहरु आज,
बिदेशको छत्र छायाँमा,आर्को त निर्बल हुनेछ ।
हाम्रो देश सदियौँ देखी चक्रब्युमा जेलिँदै आयो,
देश भक्तमा साम्राज्यावादी नजर हर पल हुनेछ ।
जनताले सधै भोटिङ्ग मात्रै गरे पार्टी चिनेन यहाँ,
छिमेकले जो रोज्यो सरकारमा त्यही दल हुनेछ ।
असमान सन्धि र सम्झौताको बिरोध गरेपनि खै,
फेरि उस्तै फर्सि र खशीकै उखान अम्मल हुनेछ ।
हुँन त फौलाद लाई जति कुटे पनि साम्राज्यवादले,
अन्ततः उस्को गर्धन काट्ने हतियार अटल हुनेछ ।
सुरेशकुमार पान्डे, भारत