१५ फागुन । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी कोरिडोर २२० के.भी प्रसारण लाइन आयोजना अन्तर्गत पर्ने सम्बन्धीत जग्ग्गाधनीहरुलाई क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरण, कोशी करिडोर २२० के.भी प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० के.भी प्रसारण लाइनको सुनसरी जिल्लाको धरान नगरपालिकाको वडा नं १७ र २० मा पर्ने टावरहरुको मध्य रेखाबाट दायाँ बायाँ भित्र परेका जग्गाका जग्गाधनीहरुलाई क्षतिपूर्ति दाबी गर्नका लागि निवेदन आग्रह गरिएको हो ।
क्षतिपूर्ति लिनका लागि यथाशिघ्र सम्बन्धित जग्गाधनीहरुले आ–आफ्नो हकदैया, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपी र सम्बन्धीत स्थानीय निकायको सिफारिस सहितको निवेदन यस कार्यालय वा सम्बन्धीत आयोजनाको कार्यालयमा दिन भनिएको छ ।