१६ फागुन, काठमाडौँ । इंल्याण्ड विरुद्धको चौथो टेस्ट अगाडी भारतीय क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रीत बुमराह इंल्याण्ड विरुद्धको चौथो टेस्ट अगाडी टिमबाट बाहिरिएका छन । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) का अनुसार उनले व्यक्तिगत कारण देखाउदैँ चौथो टेस्टबाट आफ्नो नाम फिर्ता लिएका हुन ।
इंल्याण्ड विरुद्ध बाँकी रहेको १ टेस्ट खेलका लागि बिसीसीआईले बुमराहको स्थानमा अरु कुनै खेलाडीलाई टिममा नभित्राउने जानकारी दिएको छ ।
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नको लागि भारतीय टिमलाई इंल्याण्ड विरुद्धको चौथो टेस्टमा जित अथवा बराबरी हासिल गर्न पर्न छ । यदी भारत चौथो टेस्टमा पराजित भएमा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाले प्रवेश गर्ने छ । भारत र इंल्याण्ड बिचको चौथो टेस्ट मार्च ४ बाट सुरु हुनेछ ।
इंल्याण्ड विरुद्धको चौथो टेस्टका लागि भारतको टिम :
विराट कोहली, रोहित शर्मा, मयंक अग्रवाल, शुभमान गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, केएल राहुल, हार्दिक पांड्या, रिषभ पंत, वृद्धिमान शाहा, रविचन्द्र अश्विन, कुलदीप यादव, एकसार पटेल, वाशिंगटन सुन्दर, इशांत शर्मा, मोहम्मद सिराज, उमेश यादव ।