१६ फागुन, रुकुम । त्रिबेणी गाउँपालिका–५ बस्ने ५७ वर्षीय झुपे वलीको ढुङगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।
बाख्रा चराउने गएका वलीलाई सोही ठाउँस्थित धारे पहिरो भन्ने गोरेटो बाटो खन्दै गरेको अवस्थामा माथिबाट ढुङगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।