फागुन १६, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तको अभिव्यक्ति विवादमा परेको छ । नेकपाको ओली समूहकी नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि उनले गरेको टिप्पणी विवादमा तानिएको हो ।
उनले एक सार्वजनिक कार्यक्रममा कोमल वलीलाई सेतो पिँडुला देखाएर सांसद प्राप्त गरेको आरोप लगाएका थिए ।
‘बिसौं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्, तर तीनले टिकट पनि पाएनन्, राष्ट्रिय सभा सदस्य पनि बन्न पाएनन्’ पन्तले भनेका छन्, ‘कोमल वलीले यसो सारी सर्काएर गोरा पिँडुला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त तिनै भईन्, कपाल फुलेर बुढी परेका महिला कामरेडहरु न एकचोटी राष्ट्रिय सभा सदस्य हुन् पाएका छन् न केन्द्रीय कमिटी सदस्य । उनी राष्ट्रिय सभाको सदस्य पनि भईन् केन्द्रीय कमिटी सदस्य पनि ।’
रघुजी निकै निच रहेछन् – वली
पन्तको अभिव्यक्तिप्रति निकै दुःखीत देखिएकी वलीले नेता मानेको पन्त निकै निज रहेको प्रतिक्रिया दिएकी छिन् ।
पन्तको भिडियो सामाजिक सञ्जालमा राख्दै उनले भनेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ।पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होरुकेयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’
पन्तको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा निकै भाईरल छ । जसप्रति निकै आलोचना पनि भईरहेको छ ।
हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै…
Posted by Komal Oli on Saturday, February 27, 2021