Sansar News- Online for Global Nepali

सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

संसार न्यूज़
२ महिना पहिले
सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

१६ फागुन, बझाङ । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ ।

लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् ।

धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए। । उनका अनुसार होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि बिहानै उठेर पानी बोक्नुपर्छ । धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ ।

सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन् । फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य सङ्क्रमणका बिरामीको सङ्ख्या बढदै गएको अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । उनले सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको बताए।

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनभित्रै समस्या समाधान हुने उनको भनाइ थियो । रासस

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…