back

कुखुराले मालिकको ज्यान लिएपछि, प्रहरी चौकीमा लगियो कुखुरा

वि.सं.२०७७ फागुन १६ आइतवार

204 

shares
RBB AD
NTC AD

कुखुराले मानिसको ज्यान गयो भन्ने समाचारले तपाईलाई अचम्म लाग्ला । तर, त्यस्तै भएको छ पाठकवृन्द । भारतको तेलांगना राज्यमा हालै घटेको घटना हो यो ।

कुखुरा लडाउने प्रतिश्प्रर्धामा संलग्न भएका एक मालिकलाई कुखुराको खुट्टामा बाँधिएको धारिलो चक्कुले लागेर गम्भीर चोट लागेपछि उनको उपचारका क्रममा मृत्यु भएको समाचार छ ।

प्रहरीले उक्त प्रतिश्प्रधामा संलग्न भएका अन्य १५ जनाको खोजी गरिरहेको बताइएको छ ।

कुखुरा लडाउने क्रममा मालिकको पन्जाबाट भाग्न खोजेको कुखुराको खुट्टामा बाँधिएको धारिलो चक्कुले मालिकलाई लागेपछि धेरै रगत बगेको हुनाले उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

तेलंगनाको लोतुनुर गाउँमा हालै भएको उक्त घटनामा मालिकको मृत्यु भएपछि कुखुरालाई प्रहरी चौकी लगेर कुखुरालाई एक फर्ममा छोडिएको छ । प्रहरीका अनुसार कुखुरालाई लडाइको लागि तयार गर्ने क्रममा कुखुरा भाग्न खोज्दा यस्तो घटना घटेको थियो ।

ऐजेन्सीको सहयोगमा

वि.सं.२०७७ फागुन १६ आइतवार १४:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD