Sansar News- Online for Global Nepali

वामदेवलाई सहयोग गर्ने घोषणा गर्दै पद त्याग गरे रानाभाटले

संसार न्यूज़
२ महिना पहिले
वामदेवलाई सहयोग गर्ने घोषणा गर्दै पद त्याग गरे रानाभाटले

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सचिवालय सदस्य, संगठन बिभाग प्रमुख एवं भिक्टोरिया र ताजमानिया प्रदेश कमिटीको ईन्चार्ज राम राना भाटले पार्टी एकताका लागि वामदेव गौतमलाई सहयोग गर्ने बताउँदै पद त्याग गरेको घोषणा गरेका छन् ।

पार्टीमा विभाजित मानसिकता र गुटगत् संरचना रहिरहेसम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय आकांक्षा कदापि पूरा हुन नसक्ने बताउँदै विभाजित भइसकेको पार्टीलाई पुनः एकताबद्ध भएर अघि बढ्नुको बिकल्प नभएकोले कुनै पनि गुट (समुह) मा नलागि नेता वामदेवको पार्टी एकता राष्ट्रिय अभियान गौतमलाई सहयोग गर्ने बताएका छन् ।

‘तसर्थ पनि सबै नेताहरूले भए गरेका गल्ति कमिकमजोरीबाट पाठ सिकेर आत्मालोचना गर्दै पुनः एकिकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । त्यसै आवश्यकता मनन् गरी आजको मितिबाट कुनै पनि गुट (समुह) मा नलागि क. बामदेव गौतमले नेतृत्व गर्नुभएको नेकपा (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानलाई मेरो समर्थन र सहयोग गर्ने निर्णय गरेको छु,’ उनले पद त्यागको घोषणा गर्दै भनेका छन् ।

यस्तो छ उनको पदत्याग पछिको घोषणा
पद त्याग गरेको घोषणा
म राम रानाभाट आजको मितिबाट लागू हुनेगरी कुनै पनि पदमा नरहने गरी पद त्याग गरेको घोषणा गर्दछु ।
२०४५ सालमा कक्षा ७ मा अध्ययनरत् हुने बेलादेखि नै जानी नचानी नेपालको बामपन्थि आन्दोलनमा निरन्तर लागि रहेको छु । यो अवधिमा अनेरास्वियू, प्ररायु संघ र नेकपा (एमाले) को बिभिन्न कमिटीहरूमा रहेर सक्रियतापूर्वक काम गर्ने क्रममा २०६२\६३ को ऐतिहासिक जनआंदोलनमा खुट्टा भाँचिनुका साथै शख्त घाईते भएको र २०६६ सालमा अष्ट्रेलिया आएपछि तत्कालिन नेकपा (एमाले) को अष्ट्रेलिया जिल्ला कमिटी (प्रवासी नेपाली मञ्च अष्ट्रेलिया) को दुई कार्यकाल प्रथम उपाध्यक्ष र उपाध्यक्षको पदमा रही लगनशील र ईमानदारीतापूर्वक काम गरेर कुरा सबैलाई बिदितै छ । मलाई दुई कार्यकाल सर्वसम्मतिले उपाध्यक्ष बनाउन सहयोग गर्नुहुने अग्रजहरू आदरणीय डा. जगदिश तिम्सिना, डा. सिन्धु ढुंगाना र अष्ट्रेलियाभरिका सम्पूर्ण सहयोद्धा, सहकर्मी, सहयोगी र शुभचिन्तक मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै नेपालमा नेकपा एमाले र एमाओवादी (केन्द्र) को एकता पश्चात् बनेको नेकपा (नेकपा) संग सम्वन्धित संगठन हाल म आवद्ध प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको एकता प्रक्रिया सकिदा नसकिदै शीर्ष नेताहरूको नितान्त ब्यक्तिगत स्वार्थ र टकरावका कारण कृतिम रूपमा पार्टी बिभाजन गरिएको र दुबै समुहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई नै आघात् पार्ने गरी अबान्छित र अमर्यादित गतिविधिहरू निरन्तर रूपमा हुदै आएको कुरा सर्वविदितै छ ।

पार्टीमा विभाजित मानसिकता र गुटगत् संरचना रहिरहेसम्म “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने हाम्रो राष्ट्रीय आकांक्षा कदापि पुरा हुन नसक्ने मेरो ठहर छ । तसर्थ पार्टी पुनः एकताबद्ध भएर अघि बढ्नुको बिकल्प छैन । यदि पार्टी एकता हुन सकेन भने नेपालको समृद्धि र नेपाली बामपन्थि आन्दोलन १५/२० वर्ष पछाडि धकेलिने निश्चित छ । तसर्थ पनि सबै नेताहरूले भए गरेका गल्ति कमजोरीबाट पाठ सिकेर आत्मालोचना गर्दै पुनः एकिकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । त्यसै आवश्यकता मनन् गरी आजको मितिबाट कुनै पनि गुट (समुह) मा नलागि क. बामदेव गौतमले नेतृत्व गर्नुभएको नेकपा (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानलाई मेरो समर्थन र सहयोग गर्ने निर्णय गरेको छु । हालसम्म संगठनको बिभिन्न निकायमा मलाई विश्वास गरेर महत्त्वपूर्ण जिÞम्मेवारीमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद् ज्ञापन गर्दछु । अभिवादन् सहित् धन्यवाद् !
राम रानाभाट

पद त्याग गरेको घोषणा !
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सचिवालय सदस्य, संगठन बिभाग प्रमुख एवं भिक्टोरिया…

Posted by Ram Ranabhat on Sunday, February 28, 2021

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…