back

झापाबाट प्रधानमन्त्री ओलीको चुनौति – मलाई हटाएर देखाउ

वि.सं.२०७७ फागुन १६ आइतवार

147 

shares
NTC AD
Global IME AD

फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफुँलाई हटाएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

उनले आफुँलाई हटाए अर्को पटक दुई तिहाई लिएर आउने चुनौती दिए । ‘केपी ओलीलाई हटाएर हेर्नुस्, अविश्वासको प्रस्ताव राख्नुस्’, ओलीले भने, ‘हटाउन सक्नु भयो भने जनताबाट दुई तिहाइ लिएर आइन्छ, सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्स्थापना गरे झै हटाउनुस्।’

उनले दुई तिहाई जनमतलाई यत्तिकै खेर जान नदिने बताए । आन्तरिक प्रयासहरु असफल हुँदै गएपछि आफुँलाई फाल्न प्रभुको खोजीसमेत गर्न थालिएको प्रधानमन्त्रीको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँगको प्रचण्ड–नेपाल पक्षको प्रस्तावप्रति टिप्पणी गर्दै उनले भने –प्रभु, संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन, प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो, विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।

प्रचण्ड र नेपालको ध्यान पद र परिवारको बृद्धि विकासमा मात्रै रहेको उनको आरोप छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १७:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...