Sansar News- Online for Global Nepali

आज (सोमबार), राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको शुरुवात !

संसार न्यूज़
२ महिना पहिले
आज (सोमबार), राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको शुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । आफ्नो अधिकार र स्वामित्व स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । व्यवसायले थप उचाइमा पुर्याउनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बलजफ्ती तथा हतारको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अप्ठ्यारो स्थितिमा पनि नियमित काम बन्नेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ । अनावश्यक र कम महत्त्वका काममा समय दिनुपर्ला । नियमित काममा बाधा पुग्न सक्छ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो लाभ हुने काममा जग बसाउने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौतीभित्र अवसर खोज्ने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ । तर, हडबडीले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउनेछ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । दिगो काम थाल्न सकिनेछ ।

२०७७ फागुन १७ गते, सोमवार, १ मार्च २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आईतबार) को राशिफल भन्छ-आज यी ७ राशिकालाई हुनेछ विशेष फाइदा !

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…