१७ फागुन, अमेरिका । नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ का गीतकार तथा संगीतकार विश्व थकालीको ५२ वर्षको उमेरमा निधन भएको छ ।
विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका थकालीको शनिबार ह्दयघातबाट निधन पारिवारीक स्रोतले जनाएको छ ।
उनको यो गीत गीत सर्वाधिक लोकप्रिय गीतका रुपमा चिनिन्छ ।नेपाली संगीतको क्षेत्रमा नेपालीको अति नै मन पर्ने ब्यान्ड बनेको ‘नेपथ्य ब्यान्ड’ स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए।
गीतकार थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।