Sansar News- Online for Global Nepali

घाइते पत्रकारको उद्धार हुन सकेन

संसार न्यूज़
२ महिना पहिले
घाइते पत्रकारको उद्धार हुन सकेन

१७ फागुन,मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन ।

एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टे बगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहूँदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए । रासस

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…