Sansar News- Online for Global Nepali

नाइजेरियामा बन्दुकधारीले गरे ७ जनाको हत्या

संसार न्यूज़
२ महिना पहिले
नाइजेरियामा बन्दुकधारीले गरे ७ जनाको हत्या

१७ फागुन । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् ।

कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिए ।

अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताए ।

नाइजेरियाको उत्तरी भूभागमा वर्षौंदेखि हत्या, लुटपाट, अपहरण र अन्य फौजदार अपराधका घटनाहरु भइरहेका छन् । सरकारले उत्तरी नाइजेरियाका गाउँमा हुने यी घटना रोक्न ठूलो संख्यामा सैनिक परिचालन गरेपनि आपराधिक घटनाहरु निरन्तर झैं भइरहेका छन् । रासस

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…