Sansar News- Online for Global Nepali

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन

संसार न्यूज़
२ महिना पहिले
सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता, विभिन्न उपसमिति गठन

युएईमा रहेका साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।

अधिबेशनपछि गत फेब्रअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो ।

प्रतिस्ठानको गत १५ फेब्रअरीमा सम्पन्न अधिबेशनले जीवित खड्का मगरलाई केन्द्रीय अध्यक्षमा चयन गरिसकेको छ ।

अध्यक्ष खडकाको सभापतित्वमा सम्पन्न बैठकले केन्द्रीय उपाध्यक्षमा सरु सितल राई, महासचिबमा डिजि शर्मा, सचिवमा डिएल घिमिरे, सहसचिबमा सुजन सुजन सिरेन चाङ्वाङ्, कोषाध्यक्षमा चन्द्र सम्बाहाम्फे र सदस्यहरुमा कृष्ण घिमिरे, सुमित्रा सुमी, राज यात्री लम्साल, युवराज खतिवडा, नवराज ढकाल, रोहित कुँवर, जीरन थुलुङ, अमृता बान्तवा, शम्भु अर्याल ( पदेन सदस्य, गन्डकी शाखा अध्यक्ष ) र मोहन तरामु मगर ( पदेन सदस्य ) नियुक्त गरेको छ ।

यस्तै निवर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई केन्द्रीय कार्यसमितिको विशिष्ट सदस्यको रुपमा मनोनित गरिएको छ ।
बैठकले विभिन्न उपसमिति र तिनका संयोजकहरु पनि चयन गरेको छ ।

जसमा कला÷साहित्य प्रमुखमा दीपराज नेयोङ्हाङ, भाषा तथा साहित्य विभाग प्रमुखमा खगेन्द्र समरस, सूचना÷सञ्चार विभाग प्रमुखमा अजित क्षेत्री, अर्थ विभाग प्रमुखमा शिशिर दूरबस्ती र प्रबक्तामा राजेशराज गड्तौलालाई चयन गरेको छ ।

संस्थाको अनुशासन कमिटीको संयोजकमा निबर्तमान अध्यक्ष कृष्ण बिश्वकर्मालाई चयन गरेको छ ।

यस्तै अमेरिका निवासी राखी गौचनलाई संस्थाको अन्तर्राष्ट्रिय शाखा बिस्तारका लागि संयोजक नियुक्त गरिएको संस्थाका केन्द्रीय अध्यक्ष जीबित खड्का मगरले जानकारी दिएका छन् ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…