Sansar News- Online for Global Nepali

विप्लव समूहलाई झुक्याउँदै सरकार, कुरामा वार्ता तर व्यवहारमा दमन

सन्देश अर्याल
२ महिना पहिले
विप्लव समूहलाई झुक्याउँदै सरकार, कुरामा वार्ता तर व्यवहारमा दमन

फागुन १७, काठमाडौं । आइतबार झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विप्लव समूहसँग वार्ता हुँदै गरेको बताएका थिए । उनले विप्लवसँगको वार्तालाई घरमै बसेर टेलिभिजनमार्फत हेर्न सकिनेसमेत बताएका थिए ।

‘विप्लवको समस्याको हामी छिट्टै वार्ताद्वारा समाधान गर्दैछौं’ ओलीले भनेका थिए, ‘तपाईंहरुले घरमै बसिबसि टेलिभिजनबाट देख्नु हुनेछ ।’

सरकार पक्षले विगत केहि सातादेखि नै विप्लव समूहसँग वार्ता हँदै गरेको भनेर चर्चा चलाईरहेको छ । तर, व्यापक चलाइएको हल्लाका बीच विप्लव समूहसँग वार्ताको सुरुवाती नभएको देखिएको छ । बरु, विप्लव समूहका नेताहरु एकपछि अर्को पक्राउ पर्नुले सरकारमाथि प्रश्न उठ्न थालेका छन् ।

वार्ताको हल्लाकै बीच एकपछि अर्को पक्राउ

धर्मेन्द्र बास्तोला विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हुन् । उनी सरकारसँग वार्ता गर्न विप्लव समूहले बनाएको वार्ता टोलीका एक महत्वपूर्णं सदस्य पनि हुन् ।

तर, सरकारसँग वार्ताको हल्ला सुरु भएकै बेला प्रहरीले उनलाई गत पुस २९ मा ललितपुरबाट पक्राउ गरेको थियो । हाल उनलाई एक पछि अर्को मुद्दामा जिल्ला÷जिल्ला डुलाइएको छ ।

पछिल्लो पटक सरकार र विप्लव समूहबीच वार्ताको सुरुवात भएको चर्चा सञ्चारमाध्यममा आएकै दिन (फागुन १०) मा उनलाई सर्वोच्च अदालत परिसरबाटै पुनः पक्राउ गरिएको थियो । सर्वोच्चको फैसलासँगै रिहा भएका उनलाई अदालत परिसरबाटै पक्राउ गरि थप अन्य मुद्दा लगाई हिरासतमा राखिएको छ ।

यसबीच विप्लव समूहका अन्य नेताहरु पनि पक्राउ परिरहेका छन् । गत फागुन १४ मा विप्लव समूहका मुस्ताङ इञ्चार्ज पदम पुन ‘फिल्टर’ पक्राउ परेका थिए भने फागुन १६ मा महोत्तरी–सर्लाहीका इञ्चार्ज कमलबहादुर सुसलिङ पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको पछिल्लो भनाई सार्वजनिक भएलगत्तै सुसलिङलाई पक्राउ गरिएको हो ।

वार्तालाई राजनीतिक फाईदाका निम्ति प्रयोग गर्न खोजियो : विप्लव समूह

विप्लव समूह आफुँमाथि लागेको प्रतिबन्धलाई हटाएर शान्तीपूर्णं राजनीतिमा आउन चाहन्छ । गत फागुन ८ मा स्वंय विप्लवले पनि विज्ञप्ती निकाल्दै आफुँहरु वार्तामार्फत समस्याको समाधान निकाल्न तयार रहेको बताएका थिए ।

तर, यसबीच सरकार भने वार्तालाई राजनीतिक फाईदाका निम्ति मात्रै प्रयोग गर्न खोजेको देखिएको छ । विप्लव समूहका एक नेताका अनुसार नेकपा विभाजनसँगै राजनीतिक रुपमा समस्यामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको हल्ला चलाउने तर, वार्ताको सुरुवाती गर्न नखोज्ने रवैया अपनाएका छन् ।

‘राजनीतिमा फरक विचार राखेकै भरमा हामीमाथि प्रतिबन्ध लगाइयो, यो जनस्तरबाट समेत अस्वीकृत भएको कुरा हो, हामीलाई सामान्य रुपमा राजनीतिक गतिविधि गर्न दिइनुपर्छ, जनतासँग जोडिन दिईनुपर्छ’, उनले भने, ‘तर, हामीसँग वार्ताको हल्ला चलाएर प्रधानमन्त्रीले राजनीतिक स्वार्थ पुरा गर्न खोजे जस्तो देखिएको छ, वार्ताको हल्ला अनि पुनः पक्राउ, यसले कतातिर जान खोजिएको हो स्पष्ट छैन् ।’

प्रधानमन्त्रीले पूर्वमाओवादी पक्षलाई तान्न पनि आफुँहरुसँग वार्ताको हल्ला चलाएको त होइन् भन्ने प्रश्न उब्जीएको उनले बताए । ‘जनमुक्ति सेनाका समस्या सुल्झाउँछु भन्दै बादललाई फकाईरहेको देखिन्छ, हामीसँग वार्ताको चर्चा चलाएर प्रचण्ड तिरका पूर्वमाओवादीलाई आफुँतर्फ खिच्न प्रयास थालेकोे त होइन् भन्ने पनि प्रश्न उब्जेको छ ।’

हल्ला चलाएको सरकारले वार्ताका लागि टोली पनि बनाएको छैन्

विप्लव समूहसँग दिनदिनै वार्ताबारे नयाँ–नयाँ हल्ला चलाएको सरकारले वार्ता गर्नकै निम्ति पनि वार्ता टोली गठन गरेको छैन् । गृहमन्त्रालयले जनाएअनुसार वार्ता गर्नकै लागि भनेर हालसम्म कुनै टोली गठन भएको छैन् ।

‘विप्लव समूहसँग वार्ताकै लागि भनेर कुनै टोली गठन भएको छैन्, भएको भए सार्वजनिक भईसक्थ्यो’, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भनेका छन् ।

उनका अनुसार २०७५ फागुन २८ कै दिन भएको निर्णय हाल कार्यान्वयनमा छ । फागुन २८ मा सरकारले विप्लव समूह आपराधिक संगठन भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । साथै समूहका सबै गतिविधिमाथि नियन्त्रण लिने पनि निर्णय गरेको थियो । प्रवक्ता बुढाका अनुसार उक्त निर्णय नै अहिले कार्यान्वयनमा छ ।

वार्ताकै हल्लाका बीच किन नेताहरु किन पक्राउ परे भन्ने सन्दर्भमा बुढाले भनेका छन्, ‘प्रतिबन्ध लगाउने निर्णय अहिले पनि कार्यान्यवमा छ, त्यो निर्णय कार्यान्वयन नहुनका लागि अर्को निर्णय हुनुपर्छ, हामीलाई अहिलेसम्म अर्को निर्देशन छैन्, हामीलाई अर्को निर्देशन नदिएसम्म हामीले पुरानै निर्णयलाई कार्यान्वयन ल्याउने कुरा हुन्छ, सुरक्षा निकाय पनि सोही निर्णयअनुसार नै कार्यान्वयनमा खटिरहेको अवस्था हो ।’

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…