Sansar News- Online for Global Nepali

शाहरुख र आलिया मिलेर फिल्म निर्माण गर्दै

संसार न्यूज़
२ महिना पहिले
शाहरुख र आलिया मिलेर फिल्म निर्माण गर्दै

काठमाडौं । बलिउडका बादशाह शाहरुख खान र डार्लिङ नायिका आलिया भट्ट मिलेर ‘डार्लिङ्स’ फिल्म निर्माण गर्ने भएका छन् । शाहरुख खानको रेड चिल्लीज इन्टरटेनमेन्ट र आलियाको ईन्टरनल सनसाइन बिच ‘डार्लिङ्स’ को लागि सहकार्य भएको हो ।

शाहरुखसँग मिलेर ‘डार्लिङ्स’ निर्माण गर्न लागेको बारे आलियाले सोमबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । ‘यो निकै खास छ । इन्टरनल सनसाइन प्रोडक्सनको मेरो पहिलो उपहार डार्लिङ्सको निर्माण घोषणा गर्दैछु । आफ्नो फेवरेट शाहरुख खानको रेड चिल्लीज इन्टरटेनमेन्टको साथमा, आलियाले लेखेकी छिन् ।

जसमीत के रीनको निर्देशनमा बन्ने फिल्म ‘डार्लिङ्स’ मा आलियासँगै शेफाली शाह, विजय बर्मा, रोशन मैथ्यूको अभिनय रहनेछ । यसमा सेफाली र आलिया आमा–छोरीको भूमिकामा हुनेछन् । शाहरुख भने निर्माताको भूमिका मात्रै सिमित रहनेछन् । यस्मा उनको अभिनय रहनेछैन ।

आलिया र शाहरुख खानले ‘डियर जिन्दगी’मा अभिनय गरेका थिए । जुन फिल्म दर्शकले रुचाए र व्यापारिक रुपमा पनि सफल मानियो ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…