१८ फागुन, काठमाडौँ । अफगानिस्तान र जिम्बावे बिचको युएईमा हुन गईरहेको पहिलो टेस्टमा अफगानिस्तानले टस जितेर पहिलो ब्यटिङ्ग गर्ने निणर्य लिएको छ ।
पहिलो टेस्टमा अफगानिस्तानको कप्तानी असगर अफगानले गर्ने छन भने जिम्बावेको कप्तानी सीन विलियम्सले गर्ने छन । अफगानिस्तानका स्पिनर राशिद खान हातमा लागेको चोटको कारणले गर्दा पहिलो टेस्टबाट बाहिरिएका भने अर्का स्पिनर मुजिब उर रहमानले टेस्ट टिममा मौका पाएका छैनन् । यी दुवै टिम आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपबाट बाहिरि सकेका छन ।
यी दई टिम बिच युएईमा २ खेलको टेस्ट श्रृखला र ३ खेलको टेस्ट श्रृखला हुनेछ ।
अफगानिस्तानको प्लेइङ्ग-११
अब्दुल मलिक, इब्राहिम जदरान, रहमत शाह, हशमतुल्लाह शाहदी, असगर अफगान, अफसर जजाई, मुनीर अहमद, अमीर हमजा, यामीन अहमदजाई, जहीर खान, अब्दुल वसी ।
जिम्बावेको प्लेइङ्ग-११
केविन कासुजा, प्रिन्स मसवारे, सीन विलियम्स, वेस्ले मधेभरे, तारिसै मुसाकान्डा, सिकंदर रजा, रायन बुरल, रेगिस चकब्वा, डोनाल्ड तिरिपानो, ब्लेसिंग मुजाराबानी, विक्टर न्याउची ।