१८ फागुन, युके। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
फेब्रअरी २८ मा सम्पन्न सेन्टरको साधारणसभाले तामाङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।
जसको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, आङ्गदावा शेर्पा, महासचिवमा रोविन लामा, सचिवमा डा. नवाङ्ग शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पूर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पूजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, र सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् ।
आमा समूहको उपप्रमुखमा जगना गुरुङ
त्यसैगरी संस्थाको आमा समूहको उपप्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्रकुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएका छन् । त्यस्तै, प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङ चयन भएकी छन् ।
नवनिर्वाचित अध्यक्षका अनुसार उक्त कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको र उक्त रित्त पदपूर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी दिइएको छ ।