back

रोयल च्यालेन्जर्स बेङ्गलोरमा आवद्ध भएपछि यसो भने ग्लेन म्याक्सवेलले विराट कोहलीको बारेमा

वि.सं.२०७७ फागुन १८ मंगलवार

117 

shares
NTC AD
Global IME AD

१८ फागुन, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेल २०२१ को आईपिएल लागि चेन्नाईमा भएको अक्सनमा रोयल च्यालेन्जर्स बेङ्गलोरमा अनुबन्धित भएका छन । ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बेङ्गलोरले १४.२५ करोडमा आफ्नो टिममा अनुबन्धित गरेको थियो ।

निकै मोटो रकममा रोयल च्यालेन्जर्स बेङ्गलोरमा अनुबन्धित भएका ग्लेन म्याक्सवेलले आईपिएलको आगामी संस्करणमा भाग लिन निकै उत्साहित रहेको बताएका छन । रोयल च्यालेन्जर्स बेङ्गलोरको टिम विराट कोहलीको कप्तानीमा रहेको छ । उनले बेङ्गलोरका कप्तान विराट कोहलीबाट आफूले आगामी आईपिएलको संस्करणमा धेरै कुरा सिक्ने मौका पाउने बताएका छन ।

“विराट कोहली विश्व क्रिकेटका सबै फरम्याटका उत्कृष्ट खेलाडी हुन । विराट आईसीसीको टेस्ट, एकदिवसीय र टि-२० क्रिकेटको वरियतामा शिर्ष १० मा रहेका छन । उनी आफ्नो खेललाई परिस्थिति अनुसार अनुकूल बनाउन सक्षम रहेका छन । उनी एक उत्कृष्ट कप्तानका साथै महान खेलाडी पनि हुन । विराटसँग आईपिएलमा सँगै खेल्न निकै उत्साहित रहेको छु” ग्लेन म्याक्सवेल ।

ग्लेन म्याक्सवेलले २०१९ मा मानसिक स्वास्थ्य समस्याका कारण केही समय क्रिकेटबाट विश्राम लिएका थिए । त्यस समयमा उनलाई विराट कोहलीले साथ दिएको पनि उनले बताएका छन ।

हाल ग्लेन म्याक्सवेल न्यूजिल्याण्ड विरुद्धको ५ खेलको टि-२० श्रृखलाका लागि अष्ट्रेलियाको टिमसँग न्यूजिल्याण्डमै रहेका छन ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १३:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतियोगितामा सहभागी हुन भलिबल टोली बङ्गलादेश प्रस्थान गर्दै

प्रतियोगितामा सहभागी हुन भलिबल टोली बङ्गलादेश प्रस्थान गर्दै

भक्तपुर । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन...

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति उपमहानगरको विरोध

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति उपमहानगरको विरोध

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...