back

लालबन्दीमा रु. १५ करोडको गोलभेँडा उत्पादन

वि.सं.२०७७ फागुन १८ मंगलवार

93 

shares
NTC AD
Global IME AD

१८ फागुन, सर्लाही । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी जमीनमा गोलभेँडाखेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडाखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।

कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्म अर्थात् तीन महिनामा रु ११ करोड २८ लाख ४४ हजार ५०० को गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० केजी गोलभेँडा खरीद गरेर निर्यात गरेका छन् ।

माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार ५०० केजी अर्थात् रु छ करोड २० लाख ५६ हजार बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिए । माघमा गोलभेँडा प्रतिकेजी रु १२ देखि २० मा किनबेच भएको छ ।

त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार १०० केजी अर्थात् रु तीन करोड २४ लाख ९२ हजार २५० बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मङ्सिरमा भने तीन लाख ४८ हजार ५०० केजी अर्थात् रु एक करोड ८२ लाख ९६ हजार २५० बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ ।

मङ्सिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्यूनतम रु ४५ देखि ६० सम्म पाउने गर्दछन् भने पुसमा रु १० देखि अधिकतम ३५ मा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रतिकेजी अधिकतम रु १५ सम्ममात्र पाउने गर्दछन् ।

घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा रु ३५ करोड हाराहारीमा कारोवार हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ ।

यसैगरी विगत तीन महिनामा सर्लाहीमा रु १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा रु १५ करोडभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १३:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...