Sansar News- Online for Global Nepali

तर, हटेन विप्लवमाथिको प्रतिबन्ध…

संसार न्यूज़
२ महिना पहिले
तर, हटेन विप्लवमाथिको प्रतिबन्ध…

फागुन १८, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गर्दै गर्दा प्रतिबन्ध भने कायमै राखेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्ध वार्तापश्चात नै हट्ने नहट्ने निश्चित हुने बताए ।

‘प्रतिबन्धलगायतका कुराहरु वार्ताद्धारा नै टुंगीन्छ, कसरी जाने, के गर्ने, उहाँहरुमाथि लागेका मुद्दाहरु, उहाँहरुका हतियारका कुराहरु, यी सबैलाई टुंगो गर्न लाउन नै वार्ता टोली गठन गरिएको हो’, उनले भने, ‘वार्ताभन्दा अगाडि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ, त्यसैले वार्ताद्धारा नै सबै समस्याहरु हल हुन्छन् ।’

तर, विप्लव समूहले भने वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध हटाउँदै नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिइनुपर्ने माग राख्दै आएको थियो ।

गत फागुन ८ मा विप्लवले एक विज्ञप्ती सार्वजनिक गर्दैै आफुँहरु वार्ताद्धारा समस्याको हल खोजेको बताएका थिए । तर, उनले वार्तापूर्व आफ्नो समूहमाथिको प्रतिबन्ध हटाउनुपर्ने अडान राखेका थिए ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि सचेत पहल हो, यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं’, विप्लवले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

सरकारले मंगलबार पत्रकार सम्मेलन गर्दै विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गरेको जानकारी दिएको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा गृहमन्त्रीसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि सहभागी छन् ।

सम्बन्धित समाचार

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोली गठन

विप्लव समूहलाई झुक्याउँदै सरकार, कुरामा वार्ता तर व्यवहारमा दमन

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…