१८ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।
मेगा बैंक लिमिटेड र सिद्धार्थ गु्रपबीच भएको उक्त सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै रुम चार्जमा कर्पोरेट छुटको पनि व्यवस्था गरिएको छ ।
यसैगरि, सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।
मेगा बैंकले अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको हो ।