Sansar News- Online for Global Nepali

नेप्सेमा पहिरो, अधिकांश कम्पनीको सूचक राताम्मे

संसार न्यूज़
२ महिना पहिले
नेप्सेमा पहिरो, अधिकांश कम्पनीको सूचक राताम्मे

१८ फागुन, काठमाडौँ । साताको दोस्रो दिन उकालो लागेको सेयर बजार (नेप्से) मा मंगलबार भने भारी अकंको गिरावट आएको छ । आज नेप्से ५९ दशमलब ७७ अकंले घटेर २४५५ दशमलब २६ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ८० अकंले घटेर ४४३ दशमलब ९५ अकंमा पुगेको छ ।

सेयर बजारमा गिरावट आएसँगै होटल्स/पयर्टन र व्यापार बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।

आज कुल सूचिकृतमध्ये २०८ कम्पनीको ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैंया बराबरको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६४ हजार ७ सय ८७ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा एशियन लाईफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, कुमारी बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा कुमारी बैंक, एन आई सी एशिया बैंक ब्यालेन्सड् फण्ड, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा भारी अकंले गिरावट आउदाँ पनि साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९९ प्रतिशतले कमाएका हुन । त्यस्तै चन्द्रागिरी हिल्स, हिमालयन पावर पार्टनर लिमिटेड, नेपाल इन्भेष्टेन्ट डिभेन्चर २०८२ का लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाउदाँ नेपाल हाइड्रो डेभलोपर, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ६ कम्पनी लागनीकर्ताले कमाउदाँ १६९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…