Sansar News- Online for Global Nepali

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा रङ्गशालामा ‘मेरो कुर्सी अभियान’ सुरु

संसार न्यूज़
२ महिना पहिले
धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा रङ्गशालामा ‘मेरो कुर्सी अभियान’ सुरु

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोग रकम जुटाउन ‘मेरो कुर्सी अभियान’ सुरु गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको जिम्मामा निर्माण भइरहेको रङ्गशाला बनाउन रकमको अभाव भएसँगै मेरो कुर्सी अभियान सुरु भएको हो ।

सोमबार काठमाडौँमा एक औपचारिक कार्यक्रम गर्दै यो अभियान सुरु भएको फाउन्डेसनको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । यो अभियानमा कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो वा परिवारको नाम प्यारा पिटको कुर्सीमा लेखाउन पाउनेछन् । कुर्सीमा नाम लेखाए बापत १ लाख रुपैयाँ रङ्गशाला निर्माणको लागी सहयोग गर्नु पर्नेछ ।

रङ्गशालामा ३० हजार कुर्सी हुनेछन् जसमा आफ्नो, परिवार वा संस्थाको नाम लेखाउन सकिने अध्यक्ष कट्टेलले बताए । ३० हजार कुर्सीमा १ लाखको दरले नाम लेखाए ३ अर्ब रकम सङ्कलन गर्ने सक्नेमा कट्टेल आशावादी रहेको बताए । अभियानका सम्पूर्ण जानकारी मोबाइल एप्स, फेसबुक र सञ्चार माध्यमबाट अबको एक महिना भित्र सार्वजनिक रूपमा उपलब्ध गराइनेछ। यदि कुर्सी अभियानबाट अपेक्षित रकम सङ्कलन भए अबको १८ महिना भित्र रङ्गशाला सम्पन्न हुने बताइएको छ । २०७५ माघ १६ गते सम्झौता भई निर्माण सुरु गरिएको रङ्गशालाको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ।

धुर्मुस  सुन्तली फाउण्डेशनले गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’

धुर्मुस सुन्तली फाउण्डेशनले गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’ धुर्मुस सुन्तली फाउण्डेशनले गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’
अहिलेसम्म निर्माणमा ४३ करोड ४८ लाख बढी खर्च भएको छ। ३२ करोड ३० लाख रुपैयाँ सहयोगबाट सङ्कलन भएको छ। त्यसैले ११ करोड १७ लाख रुपैयाँ ऋणमा रहेको फाउण्डेशनले जनाएको छ। अहिलेसम्म मुख्य क्रिकेट मैदानको काम ८५ प्रतिशत सकिएको र प्यारा पिटको काम ३० प्रतिशत सकिएको फाउन्डेसनको भनाइ छ।

धुर्मुस  सुन्तली फाउण्डेशनले गर्‍यो रङ्गशालामा ‘मेरो कुर्सी अभियान’

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…