फागुन १८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्नको लागि टोली गठन गरेको छ । मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै विप्लवले वार्ता टोली गठन गरेको हो ।
विप्लवले पार्टीका केन्द्रीय सचिवालय संदस्य एवं प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा वार्ता टोली बनाएका हुन् । वार्ता टोलीमा अर्का सदस्यका रुपमा उदय चलाउने ‘दीपक’ छन् ।
यसअघि विप्लव समूहले वार्ताको लागि प्रतिबन्धलगायतका कुराहरु हटाउनु पर्ने सर्त राखेको थियो । तर, सरकारले भने प्रतिबन्ध कायमै राख्दै वार्ताको आव्हान गरेको छ । जसलाई विप्लवले भने स्वागत गरेका छन् ।
सरकारले हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भन्दै २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।