Sansar News- Online for Global Nepali

महेश बस्नेतको दाबी –नेकपाका दुई तिहाई सांसद प्रधानमन्त्री ओलीको पक्षमा छन्

संसार न्यूज़
२ महिना पहिले
महेश बस्नेतको दाबी –नेकपाका दुई तिहाई सांसद प्रधानमन्त्री ओलीको पक्षमा छन्

फागुन १८, काठमाडौं । नेकपाको ओली समूहका नेता तथा सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेकपाका दुई तिहाई सांसद रहेको दाबी गरेका छन् । मंगलबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले बुधबारबाट आफुँहरुको पक्षमा ९२ सांसद पुग्ने बताए । उनका अनुसार केहि दिनभित्रमा नै नेकपाका ११५सांसदले प्रधानमन्त्री पक्षमा आफुँलाई घोषित रुपमा देखाउनेछन् ।

उनले सांसद जोगाउन जतिसक्दो छिटो पार्टी फुटाएर जान प्रचण्ड–नेपाल पक्षलाई सुझाब दिए । उनले भने,‘जतिसक्दो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

वामदेव गौतम पनि केहि दिनभित्रै कित्ता क्लियर गरेर ओली पक्षमा आउने उनको भनाई छ । ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओली संकटमा भएको गलत भएको उनको भनाई छ । उनले भने, ‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…