Sansar News- Online for Global Nepali

४१२७ नमुना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण

संसार न्यूज़
२ महिना पहिले
४१२७ नमुना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण

१८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ४ हजार १२७ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ३३ र पुरुष ४५ जना रहेका छन् । आज थपिएका ७८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ५४३ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७७ रहेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५८ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९७४ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ७० हजार ११२ नमुना परीक्षण गरिएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…