Sansar News- Online for Global Nepali

६ विद्यार्थी संगठनको सरकारलाई चेतावनी

संसार न्यूज़
२ महिना पहिले
६ विद्यार्थी संगठनको सरकारलाई चेतावनी

१८ फागुन, काठमाडौँ । विभिन्न ६ विद्यार्थी संगठनले Kathmandu University को मेडिकल कलेज सम्बन्धनको कार्य अगाडि बढाएमा सरकार विरुद्ध शसक्त प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले शिक्षाका माफियाहरुको मिलेमतोमा ठूलो आर्थिक चलखेल गरी काठमाडौँ विश्वविद्यालयबाट मेडिकल कलेजलाई सम्बन्धन दिने कार्यप्रति गम्भिर विरोध जनाउँदै शसक्त प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

‘हालै प्रधानमन्त्री, शिक्षामन्त्री, मन्त्रालय सम्बद्ध कर्मचारी, काठमाडौं विश्व विद्यालयका उपकुलपति, डिन र मेडिकल शिक्षाका माफियाहरु समेतको मिलेमतोमा ठूलो आर्थिक चलखेल गरी काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजलाई समबन्धन दिने कार्य हुन लागेको प्रति हाम्रो गम्भीर विरोध एवं आपत्ति रहेको छ ।’ विज्ञप्तिमा सम्बन्धनको कार्य तत्काल रोक्न माग गर्दै अगाडि भनिएको छ ‘विगतमा बनेका विभिन्न चिकित्सा शिक्षा आयोगहरुको सिफारिससमेतको बेवास्ता गरी गैरकानुनी ढंगले मेडिकल माफियाको प्रभावमा परी प्ग् बाट दिन लागिएको मेडिकल कलेज सम्बन्धनको कार्य तत्काल रोक्न जोडदार माग गर्दछौं ।’

६ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगम घेराउ गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । ‘नेपाल आयल निगमले यही मिति २०७७/११/१७ गते रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत गर्न जोडदार माग गर्दछौं ।’

साथै, दाल, तेल, चामललगायत दैनिक जीवनमा प्रयोग हुने खाद्यवस्तुहरुमा भएको चरम मूल्यवृद्धि, कालोबजारी तत्काल नियन्त्रण गर्न समेत माग गरिएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…