१९ फागुन, काठमाडौं । धरानमा २० वटा होटलको अनुगमन गर्दा एउटा होटलले मात्र अति उत्तम वर्गको स्टिकर पाउन सफल भएको छ ।
उपभोक्तलाइालाई गुणस्तर सेवा उपलब्ध गराउनेउद्धेश्यले खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीको अगुवाइमा आइतबार र सोमबार गर अनुगमन गरिएको २० वटा होटलमध्ये एउटा होटलले मात्र (क–अति उत्तम) वर्गको स्टिकर पाएको हो ।
उक्त स्टिकर पाउनेमा धरान ८ मा रहेको होटल गजुर प्यालेस रहेको खाद्य तथा गुणस्तर नियनत्रण कार्यालयले जनाएको छ ।
त्यस्तै ६ होटल ख वर्ग (उत्तम), मा परेको छ भने अन्य १२ होटल ख वर्गमा परेका छन् । धरान महानगरपालिकाका अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार ती होटलमा धरान किचन, लेवल अप, बराह फेमली किचन, न्यु ड्रिमल्याण्ड, इजी राइडर, र ओइसी सेकुवा कर्नरलगायतका परेका छन् ।
होटल गजुर प्यालेसकी सिइओ रन्जना झाले आफूहरु अति उत्तम वर्गको रेष्टुरेण्टमा पर्न सफल भएकोमा खुसी व्यक्त गरेकी छन् ।