Sansar News- Online for Global Nepali

निर्वाचन आयोगले कहिलेसम्म गर्ला नेकपा विवादबारे निर्क्याेल ?

समर शर्मा
२ महिना पहिले

फागुन १९, काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै सबैको ध्यान निर्वाचन आयोग तिर सोझिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको आधिकारिताकताको विवाद समाधान कसरी हुन्छ भन्नेमा सबैमा जिज्ञासा छ ।

यसबीच निर्वाचन आयोगले नेकपा विवादबारे निर्णय नगर्दा थप राजनीतिक अन्यौंलता पनि देखिन थालेको छ । आयोगको अनिर्णयको कारण संसदमा नेकपाको उपस्थिति कसरी हुन्छ र कसरी निकास निस्कन्छ अन्यौंल कायमै छ ।

आयोगले कहिलेसम्म गर्ला त निर्णय ?

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले छिटोभन्दा छिटो निर्णय लिने गरि अध्ययन गरिरहेको छ । उनका अनुसार हाल नेकपाका दुवै पक्षबाट दिइएका निवेदनमाथि अध्ययन जारी छ ।

‘आयोगमा प्राप्त निवेदनको सन्दर्भमा अध्ययन जारी छ, निवेदन विचाराधिन अवस्थामा नै छ भनेर बुझ्दा हुन्छ, कुनै निर्णय भईसकेको अवस्था होइन्’, श्रेष्ठले भने, ‘छिट्टै नै केहि निर्णय गर्ने तयारीमा छौं ।’

उनका अनुसार आयोगले संसद बैठक अगाडि नै पनि निर्णय लिनसक्छ । संसद बैठक अगाडि नै निर्णय हुन्छ त ? भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘त्यसरी पनि नभनौं, किनभने संसद बैठक चल्ने त्यो आव्हानको प्रक्रिया एउटा हो, आयोगमा आएको निवेदन अर्को प्रक्रियामा हो, त्यसकारणले त्यो प्रक्रियाबाट आ–आफ्नो शैलीबाट अगाडि बढ्ने हुन्छ, गर्दै जाँदा त्योभन्दा अगाडि पनि हुनसक्छ, केहि दिन पछाडि पनि जानसक्छ ।’

उनका अनुसार नेकपाको आधिकारिकताको विवादबारे निर्णय लिन आयोगलाई दिन तोकिएको छैन् । विषय कानूनी भएको कारण अध्ययन र निर्णय लिन समय लाग्ने उनको भनाई छ ।

‘आयोगले यति समयभित्रै निवेदनमाथि निर्णय लिइसक्नुपर्छ भन्ने अवस्था होइन्, एक पक्षले दाबी गरेको विषयमा अर्को पक्षसँग जानकारी लिने सन्दर्भको प्रक्रिया प्रारम्भ हुँदा त्यहाँ समयको उल्लेख भएको हुन्छ’, श्रेष्ठले भने , ‘अहिलेको निवेदनमा यति दिनभित्र निर्णय लिईसक्नुपर्छ भन्ने छैन्, तथापी आयोग छिटोभन्दा छिटो निर्णय दिने प्रक्रियामा छ ।’

किन अलमल छ आयोग ?

निर्वाचन आयोगले गत माघ ११ मा नेकपाका दुवै पक्षका निवेदन प्रक्रियासम्मत नभएको भन्दै साबिक नेकपालाई नै आधिकारिक मान्ने निर्णय गरेको थियो । सँगै आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आउन पनि दुवै पक्षलाई आग्रह गरेको थियो ।

जसअनुसार प्रचण्ड–नेपाल समूहले गत माघ २० मा आयोगसमक्ष निवेदन दर्ता गरेको थियो । तर, महिना दिन पुग्दा पनि आयोगले सो निवेदनमाथि निर्णय गरेको छैन् ।

यसअघि सर्वोच्चको फैसलालाई कुरेको जस्तो देखिएको आयोग पछिल्लो समय कुन निर्णयलाई पर्खिरहेको छ अन्यौंल देखिन्छ । कतिपयको बुझाईअनुसार आयोगले संसद बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई खेल्ने अवसर दिन खोजेको छ । साथै उनको पक्षलाई कमजोर नपार्न पनि भूमिका खेलिरहेको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…