१९ फागुन, काठमाडौं । सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन भएको छ । संस्थाको फागुन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश राष्ट्र बैंकको निर्देशन अनुसार परिमार्जन गरेको हो ।
अब उक्त संस्थाले हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस अघि संस्थाले चुक्ता पुँजीको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश गरि कुल ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :