Sansar News- Online for Global Nepali

कल्पना मुडभरीलाई आजीवन जेल सजायको फैसला

संसार न्यूज़
२ महिना पहिले
कल्पना मुडभरीलाई आजीवन जेल सजायको फैसला

१९ फागुन, काठमाडौं । गत साउनमा काठमाडौंको गोंगबुमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई आजीवन जेल सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाइएको हाे । त्यस्तै उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सफाई दिएको छ ।

साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउन आदेश दिइएको छ ।

कल्पनाले लकडाउनका समयमा दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहोराको निर्मम तरिकाले हत्या गरेकी थिइन् ।  दहीमा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई उनले अण्डकोषमा हतौडाले हानेर हत्या गरेकी थिइन् । त्यसपछि बोहराको शवलाई बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् ।

सर्बाधिक पढिएको

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना

यस्तो छ काठमाडौंलाई सुन्दर र हराभरा बनाउने महाविर पुनको योजना ४ हप्ता पहिले | संसार न्यूज़

काठमाडौंमा उपत्यकामा बाक्लिएको वस्ति, अस्तव्यस्त जीवनशैली तथा वतावारणमा परेको असरले…