Sansar News- Online for Global Nepali

५ पुर्वप्रमुख निर्वाचन आयुक्तद्धारा निर्वाचन आयोगलाई चेतावनी

संसार न्यूज़
२ महिना पहिले
५ पुर्वप्रमुख निर्वाचन आयुक्तद्धारा निर्वाचन आयोगलाई चेतावनी

१९ फागुन, काठमाडौं । ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवाद निरुपण ढिलाइ गरेको भन्दै आग्रहको भाषामा चेतावनी दिएका छन् ।

“आयोग अनिर्णयको बन्दी बन्दा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गम्भीर्यता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ भन्दै यथाशीघ्र निर्णय दिन सार्वजनिक अपिल गरेका छन् ।

निर्वाचन आयोगको प्रमुख जिम्मेवारी सम्हालीसकेका पूर्व प्रमुख निर्वाचन आयुक्तहरु नीलकण्ठ उप्रेती, सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको समेत बताएका छन् ।

यसअघि सर्वोच्च अदालतले फैसला दिन ढिलाइ गरीरहेका बेला नेपालका ४ पूर्व प्रधानन्यायाधिशले संबिधानको भावना र मर्म अनुसार आफनो धारणा सार्वजनिक गरेका थिए । बिश्लेषकहरुका अनुसार आज ५ जना पुर्व प्रमुख आयुक्तहरुको धारणा बहुमतको स्थापित नजिरसँग जोडिएको छ ।

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…