back

आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७७ फागुन २१ शुक्रवार

114 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । तापनि प्रयत्न गर्दा केही महत्त्वपूर्ण काम सम्पादन हुनेछन् । लगनशीलताले उपलब्धि दिलाउन सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । भेटघाटमा अलमलिनुपर्ला । लोकाचारका लागि दिन अलि खर्चिलो बन्न सक्छ । तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ । केही रकम रोकिए पनि व्यापारमा मनग्य धनलाभ हुनेछ । व्यवसायले रमाइलो यात्राको अवसर दिलाउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ । खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई केही सहज बनाउन भने सकिनेछ । भौतिक साधन बिग्रनाले काममा केही समस्या आउला। शत्रुभाव राख्नेहरूले सताउन सक्छन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सानो काममा धेरै समय जुट्नुपर्ला। अवसरवादीहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन् । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रमा लाभ मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विवादास्पद जिम्मेवारी आउन सक्छन् । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन् । नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । लोकाचारले खर्च बढाए पनि केही उपलब्धि प्राप्त हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ । अरूको मुख ताक्ने बानीले भने केही पछि परिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर जुट्नेछ । छर–छिमेकबाट योजना गोप्य राख्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा पनि राम्रै नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउने समय छ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि काम बनाउन केही समय लाग्नेछ । आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन् । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । स्वयं योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनु फाइदाजनक हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला । तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

२०७७ फागुन २१ गते, शुक्रवार, ५ मार्च २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७७ फागुन २१ शुक्रवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD