Sansar News- Online for Global Nepali

विदेशमा रहेका अर्घाखाँचीवासीले एकवर्षमा १० अर्ब रेमिट्यान्स जिल्ला पठाए

संसार न्यूज़
२ महिना पहिले
विदेशमा रहेका अर्घाखाँचीवासीले एकवर्षमा १० अर्ब रेमिट्यान्स जिल्ला पठाए

२१ फागुन, अर्घाखाँची । अर्घाखाँचीबाट रोजगारीका लागि विभिन्न देशमा पुगेका युवाहरुले एकवर्षको अवधिमा १० अर्ब रेमिट्यान्स जिल्ला भित्राएका छन् ।

लकडाउनका कारण केही महिना रेमिट्यान्स आउन ५० प्रतिशतको हाराहारीमा घटेपनि माघदेखि भने यसमा ४५ प्रतिशतले वृद्दि भएको छ ।
अर्घाखाँचीका बैंक तथा वित्तिय संस्थाको तथ्यांक अनुसार लकडाउनका कारण रेमिट्यान्स भित्रन घटेपनि मंसिर यता भने रेमिट्यान्स पठाउने क्रममा वृद्दि भएको छ । फागुन महिनामा जिल्लामा रेमिट्यान्स धेरै भित्रिएको तथ्यांक रहेको छ ।

अर्घाखाँचीका झण्डै ४० हजार युवा वैदेशिक रोजगारीमा रहेका छन् । प्रतिव्यक्ति महिनामा २० हजारका दरले वार्षिक ९ अर्ब ६० करोड रुपैयाँ भित्रने गरेको जिल्ला समन्वय समिति र कृषि ज्ञान केन्द्रको तथ्यांक रहेको पनि शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।

लकडाउनका बेला कतिपय युवा विदेशमै पनि वेरोजगार भएर बस्नु परेको अवस्था र केही देश फर्किएका कारण रेमिट्यान्स घटेपनि महामारी केही सहज हुँदै गएपछि देश फर्किएका र रोजगारविहिन भएर बसेका युवाहरु पुनः काममा फर्किपछि रेमिट्यान्समा बढोत्तरी भएको बताइन्छ ।

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…