२१ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्नन गरेको छ ।
बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र १३ गते शुक्रबार आफ्नै रजिष्टर्ड कार्यालय, लरबारमार्ग, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । उक्त सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपूँजीको ८ दशमलव ८० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।