२१ फागुन, काठमाडौं । डिप्रोक्स लघुवित्तको प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
कम्पनिको माघ २८ गतेको सञ्चालक समितिको बैठडकले गत आर्थिाक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो।
राष्ट्र बैंकको स्वीकृति पश्चात् लघुवित्तले आगामी वार्षिक साधारणसभामा पेश गर्ने छ। साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन पछि शेयरधनीले प्राप्त गर्ने छन्।
उक्त प्रस्तावलाई राष्ट्र बैंकले फागुन २० गते स्वीकृति प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।
संस्थाले सार्वजनिक गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:५० मा प्रकाशित