२१ फागुन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि साधारण सेयर (आइइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणमा बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।