फागुन २१, बुटवल । अर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुुगेका उनीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् ।
ठूलो सुरक्षा घेराका बीच औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि स्थानीयको अवरोधका कारण भाषण नगरी फर्किएका छन् । स्थानीयले कार्यक्रम गर्न बनाइएको मञ्च पनि भत्काएका थिए ।
विरोधका बीच शिलान्यास गरिएपछि शिलान्यासको शिलास्तम्भर र आयोजनासम्बन्धी जानकारी बोर्ड पनि भत्काएका छन् ।
विद्यालय र मठमन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन खोजिएपछि स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले आफुँहरुको मागलाई सम्बोधन नगरी औद्योगिक क्षेत्र बन्न नदिने बताएका थिए ।
झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन लागिएको औद्योगिक क्षेत्रबाट झण्डै ३ सय घर परिवार प्रभावित हुने जनाइएको छ ।