back

कविता: फनफनी जीवन

वि.सं.२०७७ फागुन २२ शनिवार

210 

shares
NTC AD
Global IME AD

कहिले संसार आफ्नै हातोमा घुम्छ फनफनी
कहिले जाँतोले घुमाउँछ सिङ्गो संसार पनि
घुम्ने र घुमाउनेको पालो फेरिएको मात्र न हो
सेरामिक्स चक्रमा अल्झिएका छन् रहरहरू
समय त एकनास घुमिरहेकै छ–फनफनी !

गोरेटाहरू गुजुल्टिएका छन् फनफनी
जसरी औलामा शंख र चक्रको घेराभित्र
भाग्यका रेखाहरू गुजुल्टिएका छन् फनफनी
हामी बस्ने धरा जसरी घुमेको छ फनफनी
उसैगरी घुमिरहेझैँ लाग्छ हाम्रो गन्तव्य पनि ।

आकाशमा जून घुमिरहेको छ फनफनी
र, उसैगरी घुमिरहेझैँ लाग्छ घाम पनि
जसरी सागर तातेर बाफ बनेको पानी
मनसुन बनेर आकाशमा घुम्छ फनफनी
जसरी पानी बादल र बादल पानी बनेर
जलचक्र धर्ती र आकाश घुम्छ फनफनी
उसैगरी फनफनी घुमिरहन्छ जीवन पनि ।

आँखामा दृश्यहरू घुमिरहन्छन् फनफनी
विचारब्रह्माण्ड पनि घुमेझैँ लाग्छ फनफनी
जसरी बिपना सपना र सपना बिपना बनेर
दिनरात मन र मस्तिष्कमा घुमिरहन्छ फनफनी
र, उसैगरी दृष्टि पनि घुमिरहन्छ फनफनी
जसरी फनफनी घुमिरहन्छ जीवनचक्र पनि
उसैगरी घुमिरहेझैँ लाग्छ जीवन फनफनी ।

 

वि.सं.२०७७ फागुन २२ शनिवार ०८:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...