back

तीन हरफे कविता

वि.सं.२०७७ फागुन २२ शनिवार

159 

shares
NTC AD
Global IME AD


जिन्दगीको रङ्गमञ्चमा रहेछन् कैयौँ खेल
कोही हुन्छन् पास त कोही हुन्छन् फेल
चङ्खो जतिलाई घीउ, तेल सीधासोझालाई जेलनेल ।


अचेल गाउँ भएका छन् अति नै जाली
प्रगति देख्न नसकेर बेलाबेलामा दिन्छ गाली
दुःख पर्दा प…र बसी बजाउँछ रमाउँदै ताली ।


सानो सलाईको काँटीले भीषण आगो जल्दछ
पत्थर दिल पनि मीठो बोलीले मोमजस्तो गल्दछ
माया, प्रेम र विश्वासले यो नश्वर संसार चल्दछ ।


पुण्य कमाऊँ है साथी हो सत्कर्म गरेर
जानु त छँदैछ यस संसारबाट सबै एकदिन मरेर
सुरम्य बनाऊ जगतलाई प्रेमरसको बीउ छरेर ।


घुन कीराहरुको कारण समाजमा क्षति भएको देखियो
भलादमी भइटोपल्नेहरूको यहाँ मति पनि देखियो
भनौं नै भने, विद्वता देखाउनेहरूको गतिविधि नै पो देखियो ।


लर्के जोबन कर्के नजरले खुत्रुक्कै पारयौ तिमीले
मनको झोलीमा अनेक पनि थोक झर्यौ तिमीले
यौवनको बजारमा कतिजनाको घर फारयौ तिमीले ।


मुटुको व्यथा नबल्झाऊ प्रिये आघात दिएर
बाँच्या छु जीवन एकमुठी श्वासमा बीस ठाउँ सिएर
लानु नै के छ र यो संसारबाट, मर्छु बरू खूब पिएर ।


नाजुक छ अति यो दिल मेरो नतोड
बाँच्नु छ धेरै यहाँ मुण्टो तिमी नमोड
सानासाना कुरामा झगडा गरी साथ मेरो नछोड ।


नसोध प्रिये हाल मेरो कस्तो छ भनेर
गएको धेरै नै भयो अब आइहाल्छु भनेर
भन्दैछ्यौ अहिले त तिमीसित म बस्न सक्तिनँ भनेर ।

१०
प्रिये ! तिम्रो मनको नेटवर्क अचेत निकै डिस्टर्ब हुँदैछ
हेर्दाहेर्दै जीवनशैलीले तिम्रो दिनोदिन आकाश छुँदैछ
भाल्टाङभुल्टुङ घरमा बिचरा तिमीलाई खोजी दिनहूँ रूँदैछ ।

 

वि.सं.२०७७ फागुन २२ शनिवार ०८:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...