back

भक्तपुरमा संसद् पुनःस्थापनासँगै १२ आयोजना सञ्चालनमा

वि.सं.२०७७ फागुन २३ आइतवार

165 

shares
NTC AD
Global IME AD

२३ फागुन, भक्तपुर । गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ ।

सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले समयमै काम सम्पन्न गर्ने गरी आफ्नो क्षेत्रको विकासमा कोषको रकम परिचालन गरेको बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेकामा सांसद कोषअन्तर्गतको चार करोडको रकममध्ये सूर्यविनायक र मध्यपुरमा दुई–दुई करोडको योजना छनोट गरी आयोजना शुरु गरेको उनले जानकारी दिए ।

योजनालाई दिगो, प्रभावकारी, स्थायित्व तथा निर्धारित समयमा नै सम्पन्न गराउन उहाँले आयोजना मूल्याङ्कन तथा अनुगमन समितिसमेत गठन गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा मध्यपुरथिमि नगरपालिकामा विनियोजित रु दुई करोड बराबर आयोजना चालु आवभित्रै सम्पन्न गर्ने गरी तीव्रगतिमा अगाडि बढाइएको हो ।

सांसद बस्नेतका अनुसार मध्यपुरथिमि क्षेत्रभित्र रु २० लाखमा वडा नं १ दिव्यश्वरी गणेशमार्ग स्तरोन्नति, रु १० लाखको लागतमा वडा नं २ चेतनशील सामुदायिक भवनको अधुरो काम पूरा गर्ने, रु १० लाखको लागतमा वडा नं २ सानोथिमि वन कार्यालय पछाडि सामुदायिक भवन निर्माण, रु २० लाखको लागतमा वडा नं ३ गठ्ठाघर सागबारीमार्ग स्तरोन्नति, रु २० लाखमा वडा नं ४ लायाकु भैल तथा इन्द्रायणी मन्दिर परिसर पूर्वाधार निर्माण, रु २० लाख लागतमा वडा नं ५ लिप्चा गणेश पार्टी पुनःनिर्माण, रु २० लाखको लागतमा वडा नं ७ पार्टी विहारमा अनागरिका भवनको अधुरो काम पूरा, रु १० लाखमा वडा नं ७ नगदेश सांस्कृतिक प्रदेशद्वारको अधुरो काम पूरा, रु २० लाखको लागतमा वडा नं ९ खपलामा प्रवेशद्वार निर्माण, रु २० लाखको लागतमा वडा नं ८ देवुबाट कार्तिगः जाने बाटो स्तरोन्नति, रु ११ लाख ४० हजारको लागतमा वडा नं ८ बोडे सहयोग टोलबाट पश्चिम मनोहरा खोला जाने सडक स्तरोन्नति र रु १५ लाखको लागतमा वडा नं ७ गोपालमार्ग धुन्छे गहिरो सडक निर्माणकार्य शुरु भएको छ ।

ती आयोजनाको शिलान्यास सकेर काम अगाडि बढाएको बताउँदै सांसद बस्नेतले भने, “भक्तपुरको विकासमा निरन्तर लागिरहेको छु, म सांसद भएर आएपछि मात्रै भक्तपुरको विकासमा करिब रु छ अर्बको बजेट पारेर विकास योजना अगाडि बढाउँदै भक्तपुरको मुहार फेर्न लागिरहेको छु, भक्तपुरलाई विकास र समृद्धिमा लैजाने मेरो प्रयास अगाडि बढिरहने छ ।”

उनले सरकारले जनमुखी काम गरेकै कारण नेपाल विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति भएको बताए । उनले भने, “मैले निर्वाचनमा जनताप्रति गरेको प्रतिबद्धताअनुसारको काम तीन वर्षमा नै पूरा गरिसकेको छु, अबको करिब दुई वर्ष भक्तपुरमा सडक, शिक्षा, ढल, खानेपानी, पुललगायतका काम व्यापक मात्रामा जनचाहना थप गर्दै विकासलाई पूर्णता लिनेछु ।”

रोकिएको पेप्सीकोला थिमि, निकोसेरा सडक निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै उनले हनुमन्ते करिडोरबाट मनोहरा करिडोरसम्म, वीर अस्पतालबाट मानव अङ्गको नयाँ भवनसम्म, स्मार्टसिटीदेखि रोकिएका विकास आयोजनासम्म पूरा लक्ष्य रहेको जानकारी दिए ।

वि.सं.२०७७ फागुन २३ आइतवार १२:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

काठमाडौँ । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडाईंलाई तीव्रता...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...