Sansar News- Online for Global Nepali

‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ सार्वजनिक

संसार न्यूज़
१ महिना पहिले
‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ सार्वजनिक

२३ फागुन, काठमाडौँ । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । यसअघि राजभण्डारीको ‘पाश्चात्य कला ः संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ ।

चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त उनी नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत छन् ।

सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढङ्गले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे । उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अङ्गिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे ।

प्रा डा अभि सुवेदीले पश्चिमी कलाका बारेमा नेपालीमा खासै पुस्तक नलेखिएकाले सो पुस्तक निकै महत्वको बताए । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको तथा कलाका विभिन्न शैलीलाई तथ्यपरक ढङ्गले पुस्तकमा चित्रण गरिएको विचार व्यक्त गरे ।

पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे । लेखक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्व रहेको बताए । डा गीता त्रिपाठीले कृतिको भाषिक पक्ष राम्रो रहेको बताउँदै कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकका लेखक राजभण्डारीले कृति नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि एउटा पाठ्यसामग्री हुने विश्वास व्यक्त गरे ।
रासस

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…